नेपालगन्ज- संस्कृति, पर्यटन, स्वास्थ्य, वातावरण र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको नेपालगन्ज साइक्लिङ क्लबको पाचौं अधिवेशन तथा सातौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । अध्यक्षमा कबिराम बुढाथोकीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
नेपालगन्ज–बाँकेमा स्थापना भएको उक्त क्लबको अधिबेशन नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा सम्पन्न भएको हो।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। चयन हुने पदाधिकारी तथा सदस्यहरूमा
नवगठित कार्यसमिति:
अध्यक्ष: कविराम बुढाथोकी
प्रथम उपाध्यक्ष: सुनील सिंह हमाल
द्वितीय उपाध्यक्ष: दीपक कुमार गुप्ता
सचिव: विजयेन्द्र जि.सी. त्रिवेदी
कोषाध्यक्ष: राजेश कुमार गुप्ता
सह–सचिव: विष्णु कंडेल
सदस्यहरू:
प्रदीप बाहुन
प्रकाश विष्ट
अजय बहादुर के.सी.
अशोक कुमार दीक्षित
दिनेश थापा
कार्यक्रममा क्लबले विगतमा गरेका साइक्लिङ अभियान, वातावरण संरक्षण, स्वास्थ्य प्रवर्द्धन तथा पर्यटन विकाससँग सम्बन्धित गतिविधिबारे समीक्षा गरिएको थियो। साथै आगामी दिनमा नेपालगन्ज क्षेत्रलाई साइक्लिङ–मैत्री शहरका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नव निर्वाचित अध्यक्ष कविराम बुढाथोकीले साइक्लिङलाई जीवनशैलीका रूपमा विकास गर्दै युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत गराउने र वातावरण संरक्षणमा योगदान दिने गरी क्लबलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभयो। उक्त कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष प्रदिप सापकोटाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने साइक्लिष्टहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
