निर्वाचन स्थलमा भएको फोहर सफा गर्दै डा. कर्ण र लियो क्लब परिवार

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको आज सम्पन्न भएको निर्वाचनमा भएको फोहर डा. विनोद कर्ण र लियो क्लबहरुले सफा गरेका छन् ।

आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गरिएको ठाउँको वरिपरि पर्चा, पम्प्लेट लगायतका सामाग्रीहरु फालिएको थियोे उक्त सामाग्रीले सडक नै कुरुप देखिएको परिवेशमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एशोसियट प्रोफेसर डा. विनोद कर्ण र लियो क्लब अफ इनोभेटिभ लगायतका क्लबले सरसफाइ गरेका थिए ।

डा. कर्ण नेपालगन्जमा ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता समेत रहेका छन् , लियो क्लबहरुको आयोजनामा डा. कर्ण पनि सक्रिय रुपमा सहभागी हुनुभएको लियो क्लब अफ ३२५ N का कोषाध्यक्ष प्रकाश कुवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *