बागेश्वरी मन्दिरमा छठ मनाउन हजारौंको सङ्ख्यामा भिडभाड

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ ।

आइतबार साँझ बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी र कपिलवस्तुमा छठ समापन गर्न भनि सार्वजनिक विदा समेत दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टका अनुसार ७ हजारका सङ्ख्यामा भक्तजनहरुको उपस्थित भएको बताउनुभयो । आज बागेश्वरी मन्दिरमा भिडभाड भएको हुदा केही अप्रिय घटना नघटोस् भनि सयौंको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

आफ्ना सन्तानहरुको लागि राम्रो होस् भनि रातभर पुजा गरेर केही पनि नखाई व्रत बस्ने र भोलि बिहान सुर्य उदाउने बित्तिकै पुजा गर्ने प्रचलन रहेको पुजा गुप्ताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *