कसौंधन वैश्य समाज बाँकेद्वारा बागेश्वरी मन्दिरमा भक्तजनहरुलाई चियापानको व्यवस्था


नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ सोही अवसमा कसौंधन वैश्य समाजद्वारा बागेश्वरी मन्दिरमा भक्तजनहरुलाई चियापानको व्यवस्था गरेको छ ।

आइतबार दिनभर बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी  र कपिलवस्तुमा छठ समापन गर्न भनि सार्वजनिक विदा समेत दिएको छ ।

आफ्ना सन्तानहरुको लागि राम्रो होस् भनि रातभर पुजा गरेर केही पनि नखाई व्रत बस्ने र भोलि बिहान सुर्य उदाउने बित्तिकै (अर्घ चढाउने) पुजा गर्ने प्रचलन रहेको भक्तालु पुजा गुप्ताले बताउनुभयो ।

कसौधन वैश्य समाज बाँकेका महासचिव डा. पंकज कुमार गुप्ताले दुई दिनसम्म निराहार व्रत बसेका भक्तजनहरुलाई चिया खुवाएको बताउनुभयो । उहाँले आज १ हजार जनालाई चिया खुवाएको र भोलि पनि सोही सङ्ख्यामा खुवाउन लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *