नेपालगन्ज : इजरायलमा विद्रोही संगठन हमासले आक्रमण गर्दा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ बाँकेको नेपालगन्जमा विभिन्न संघ संगठनहरुद्वारा दीप प्रज्वलन गरेका छन् ।
मंगलबार साँझ ६ बजे स्थानीय बि.पी. चोकमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, त्यसैगरी गणेशमान चोकमा बास संस्थाले दीप प्रज्वलन गरेका छन् । विद्रोही संगठन हमासको आक्रमणमा परी सुदूर पश्चिम विश्वविद्यालयबाट कृषि विषय लिएर अध्ययनरत विद्यार्थीहरु इजरायलमा १० जनाले ज्यान गुमाएका थिए भने केही घाइते भएका हुन् ।

विद्यार्थी संगठनहरुले नेपाल सरकारलाई उनीहरुको लास नेपाल ल्याउन तत्काल पहल गर्नुपर्ने , घाइतेको उपचार र अन्य इजरायलमा भएका नेपालीहरुलाई नेपाल फर्काउन पहल गर्न अनुरोध गरेका छन् ।

