नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरी शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिन सफल कलेज अफ म्यानेजमेन्टले बि.बि.एस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई विदाई गरेको छ ।
स्थानीय सुनाखरी रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज देवकोटाले कलेजबाट उत्पादन भएका धेरै विद्यार्थीहरुले राम्रो प्रगति गरेको बताउदै उनीहरु अहिले कुनै न कुनै ठाउँमा रोजगार प्राप्त गरेको बताए ।
त्यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथि गणेश भण्डारीले एकपटक विद्यालयमा भिजिट गरेपछि कलेजका हरेक गतिविधि थाहा पाउने हुदा बाँके जिल्लामा उत्कृष्ट कलेजको रुपमा चिनाउन सफल भएको हुदा कलेज प्रिन्सिपल लगायत सम्पूर्ण सञ्चालक टीमलाई बधाई दिनु भएको थियो ।
स्वागत तथा विदाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक डा. रमेश अधिकारीले कलेज अफ म्यानेजमेन्ट स्नातक तहमा व्यवस्थापन अध्ययन गर्नको लागि मध्य तथा सुदूरपश्चिम क्षेत्रमा शिक्षा क्षेत्रमा उत्कृष्ट कलेज रहेको बताए ।
उक्त विद्यालयका प्रिन्सिपल रमेश बस्नेतले कलेजले बाँके जिल्लामा मात्र नभएर यश क्षेत्रमा नै उत्कृष्ट नतिजा दिनेगरी पठनपाठनमा जोड दिइएको बताए ।
उक्त कलेजका पूर्व संयोजक खुमलाल शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता तेस्रो वर्षमा अध्ययनरत प्रेमा सन्ज्यालले गरेकी थिइन् । उक्त बिदाइ तथा स्वागत कार्यक्रममा सांस्कृतिक कार्यक्रम देखाइएको थियोे भने बिदाइ हुने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियोे ।



