नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ मा रहेका तिनवटा फर्निचर पसलमा आगलागी भई करोडौंको क्षति भएको छ ।
शुक्रबार बिहान ४ बजे पसलमा विद्युत सर्ट भएर आगलागी हुन सक्ने प्रहरीले बताएको छ । आगलागी भएपछि कोहलपुर, नेपालगन्जमा रहेका दमकलबाट आगो नियन्त्रणमा लिइएको हो ।

समयमै विद्युत कार्यालयले लाइन अफ नगरी दिएको हुदा बढी क्षति भएको फर्निचर पसलवालाको भनाइ रहेको छ । प्रहरीले धेरै पटकसम्म फोन गर्दापनि विद्युत कार्यालयबाट समयमै लाइन काटिदिएन त्यसैले अलि बढी क्षति हुन पुगेको प्रहरीले पनि जनाएको छ ।
उक्त आगलागीबाट हिरा बहादुर नेपालीको अलिमा ट्रेडस, अनिस जोलहाको वारसी काठ फर्निचर, शान्ति चन्दको चिन्टु नास्ता पसल तथा किनारा पसलमा क्षति पुगेको छ । खर्चको एकिन विवरण भने आउन बाकी छ ।


