नेपालगन्ज : सामाजिक सेवामा सदैव अग्रसर रहेको लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टद्वारा नेपालगन्जमा रहेको निल सागर सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ ।

क्लवका सदस्यहरुको जन्मदिन र घरपरिवारका सदस्यहरुको जन्मदिनको अवसरमा थोरै थोरै रकम जम्मा गरेर उक्त आश्रममा रहनु भएका बुबा आमा , बालबालिकाहरुलाई केही थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको छ ।


क्लवका अध्यक्ष लायन जयेश जंग शाह, जोन चेयर पर्सन बिन्दु चर्ती मगर, क्लवका पूर्व अध्यक्षहरु ला. केपी घिमिरे, ला. सुमन गिरी श्रेष्ठ लगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको क्लबका अध्यक्ष शाहले बताए ।
क्लबले आफ्नो लियो क्लव पनि गठन गरेको उनलेे बताए, क्लबको आजै नियमित बैठक बसी निल सेवा आश्रममा नियमित स्वास्थ्य चेकजाँच क्लवले गर्ने निर्णय गरेको समेत उनले बताए ।
