प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको अध्यक्षमा रोकाय

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको आज भएको प्रथम जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा लंक रोकाय सर्वसम्मतिले चयन हुनु भएको छ ।

आज स्थानीय सि.एस.टी. होटल एण्ड पार्टी प्यालेस नेपालगन्जमा भएको महासंघको प्रथम अधिबेशनबाट २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य पुर्णा कुमारी सुवेदीको प्रमुख आतिथ्यमा भएको अधिबेशनको अध्यक्षता प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष कविराम बुढाथोकी, बिशिस्ट अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य चन्द्रकान्त सुवेदी, नेकपा माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स, अतिथिमा खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनिराम वली, गंगाराम बुढाथोकी, षणानन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनले हिजो राति जाजरकोट केन्द्र विन्दु गरेर गएको भुकम्पबाट मृत्यु हुनेहरुको सम्झनामा शोक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासंघका केन्द्रीय उपाध्यक्ष मान बहादुर नेपाली लगायतको टीम भुकम्प पिडित क्षेत्रमा उद्दारमा गएको र थप आवश्यक परेको खण्डमा महासंघ जिल्ला कमिटी बाँके पनि जाने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष लंक रोकायले बताउनुभयो ।

आजको सम्मेलनबाट अध्यक्ष पदमा लंक रोकाय, सचिव पदमा बिरेन्द्र शाही, सदस्यपदमा क्रमश दिपक चन्द, टेक बहादुर शाही, भिक्खु राम थारु, कविता भुषाल, लक्ष्मी  रोकाय, छत्रावती पुन, सुजन राना, तिलक प्रसाद रेग्मी, प्रशान्त बप.क., मनोज कुमार मौर्य, सीमा पुन, बजारु थारु, विष्णु सुवेदी, फुलमाया बि.क., सरस्वती मरासिनी, भिम भण्डारी, सुरेश वली, रभि भुषाल र एकजना पछि मनोनीत गर्नेगरी २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

प्रमुख अतिथि सुवेदीले स्वास्थ्यकर्मीहरुको उल्लेखनीय देनलाई कहिल्यै भुल्न नसकिने र उहाँहरुको बारेमा संबिधानमा थप संसोधित वा कुने काम गर्नुपर्ने भएमा आफुले पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *