जि.भि.एन. मा.वि. नेपालगन्जमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले मनाए संविधान दिवस


नेपालगन्ज : आज नेपालका विभिन्न ठाउँमा ८ औं संविधान दिवस भव्य रुपमा मनाइएको छ, जस अन्तर्गत नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि. नेपालगन्जमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले कानुन दिवस मनाएका छन् ।

बुधबार साँझ विद्यालय परिसरमा दीप प्रज्वलन गरि स्थानीय बि.पी.चोकमा जम्मा भएर विद्यार्थीहरुले कोणसभा गरि संविधान दिवस मनाएका हुन् । हजारौंको बलिदानले आएको संविधानलाई संस्थागत गरि सबैले पालना गरि प्रत्येक नेपाली नागरिकको हात हातमा नेपालगको संविधान हुनुपर्नेमा कानुन संकायमा अध्ययनरत छात्रा पुर्णिामा आचार्यले बताइन् ।

उक्त कोणसभामा सभामा विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका इन्चार्ज केपी घिमिरे , कानुनका शिक्षक लेखाराम श्रीवास्तव, विद्यालयका अनुशासन विभनगका प्रमुख सन्दिप श्रेष्ठ , कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको हो ।

विद्यालयबाट ब्यानर सहित बि.पी. चोकमा नेपालको संविधान दिवस सफल पारौं, नेपालीको सान, विश्वकै उत्कृष्ट संविधान भन्ने नारा सहित कोणसभामा सहभागी भएका हुन् । विद्यार्थीहरुले एकआपसम अबिर लगाई खुसी साटासाट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *