नेपालगन्ज : २९ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल बाँकेले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
वाइसीएल नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह संयोजक दिपक मल्ल ठकुरी, वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष आकाश कार्की, वाइसीएल बाँकेका सचिव नरेन्द्र ददेल, वाइसीएल लुम्बिनी प्रदेश सदस्य द्वय तीर्थ शाही, सुनिल गिरी लगायतको टीमले भेरी अस्पतालको इमर्जेन्सी वार्ड र जनरल वार्डमा भर्ना भएका ८० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको बाँके जिल्ला अध्यक्ष कार्कीले बताउनुभयो ।

फागुन १ गतेलाई जनयुद्ध दिवस मान्दै आइरहेको छ । जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । वाइसीएलका नेताहरू र सदस्यहरुबाट रकम संकलन गरेर फलफूल वितरण गरिएको लुम्बिनी प्रदेश संह संयोजक ठकुरीले बताउनुभयो ।



