संविधान दिवसको अवसर पारेर ६ सय ७० जना कैदीलाई आममाफी दिने सरकारको निर्णय

मुख्य खबर

नेपाल सरकार मन्त्री परिषदको भदौ २९ गतेको निर्णयले सिफारिस गरेबमोजिम असोज ३ गते संविधान दिवसकोअवसरमा ६ सय ७० जना कैदीलाई बाकी कैद मिनाहा हुने गरि आममाफी दिने निर्णय राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार भिम बहादुर खवास समेतका ४ सय ९७ र हर्क बहादुर लिम्बू समेतका १ सय ७० जना र समदिन मियाँ समेत ३ जना गरि ६ सय ७० जनालाई सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ३७, कारागार नियमावली २०२० को १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *