नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जमा कानुन विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा जिल्ला प्रहरी कार्यालयमा भिजिट गरेका छन् ।
आज उक्त विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालयमा पुगी त्यहाँ कस्ता कस्ता किसिमका केसहरु आउने गरेका छन्, कुन प्रकृतिका मुद्दामा निवेदन पर्ने गरेका छन् भनि त्यहाँका प्रहरी निरिक्षक सहित मुद्दा फाटमा कार्यरत टीमसित अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

कानुन विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुको पाठ्यक्रममा निर्दिष्ट भएअनुसार र किताबको ज्ञान भन्दा प्रत्यक्ष रुपमा अदालत, लगायतका सम्बन्धित निकायहरुमा भिजिट गराउने गरेको उक्त विद्यालयमा कानुन विषय अध्यापन गराउने शिक्षक जयराज जैसीले बताउनुभयो ।
जि.भि.एन. कलेजले राष्ट्रिय परीक्षा बोर्डले निकालेको कक्षा १२ को नतिजामा यस क्षेत्रमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको छ । उक्त कार्यक्रममा विद्यालयका इन्चार्ज केपी घिमिरे, सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा लगायतको टीमले विद्यार्थीहरुलाई लगेर गएका थिए ।

