नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको हिजो सम्पन्न भएको निर्वाचनको मतगणना अहिले सुरु भएको छ ।
सदस्य पदका उम्मेदवारहरुबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी गराएका छन् । हिजो सम्पन्न निर्वाचनमा ८४.१६ प्रतिशत मत खसेको थियो ।

उक्त वाणिज्य संघका दुईवटा प्यानलका विच प्रतिस्पर्धा भएको थियोे भने उद्योगीको उपाध्यक्ष पदमा र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले पनि निर्वाचनमा भाग लिएका छन् । आज साँझसम्म नतिजा ल्याउनेगरी ८ ठाउँमा मतगणना भइरहेको छ ।
