मध्य तथा सुदूर पश्चिम क्षेत्रमा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल जि.भि.एन. मा.वि. नेपालगन्ज

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेज कक्षा ११ र १२ पठनपाठन गर्नका लागि विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा मध्य तथा सुदूर पश्चिम क्षेऐका सबै विद्यालयहरुले भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन जि.भि.एन. मा.वि. नेपालगन्ज सफल भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा देशभर बाट ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको अवस्थामा जि.भि.एन. मा.वि. नेपालगन्जबाट कक्षा १२ मा ६ सय भन्दा बढी विद्यार्थीले परीक्षा दिएकोमा उक्त परीक्षामा ९८.९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताए । भण्डारीका अनुसार हामी शिक्षामा विशेष जोड दिने गरेका छौँ यश विद्यालयमा अध्यापन गराउनु हुने शिक्षक शिक्षिकाहरुको र विद्रोहीहरुको अथाह मेहनत गरेको हुदा उक्त नतिजा आउन गरेको उनलेे बताए ।

उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, व्यवस्थापन, कानुन संकायको पठनपाठन हुने गरेको उक्त विद्यालयका प्रिन्सिपल मानबहादुर थापाले बताए । अहिले कक्षा ११ मा पनि ७ सय बढी विद्यार्थी भर्ना भएको उक्त विद्यालयका संयोजक खुमलाल शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *