उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार जोशी माइकिङ गर्दै मत माग्दै

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : आसन्न भदौ २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपले उम्मेदवार दिएका दिपेन्द्र कुमार जोशीले बाँकेका व्यवसाय गर्ने मतदाताहरुमा माइकिङ गर्दै मत मागेर हिडिरहेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल पुरै प्यानल बनाएर चुनावी मैदानमा होमिएका बेला जोशी स्वतन्त्र रुपमा उठेका छन् । उनले अटो रिक्सामा माइक राखेर प्रचारप्रसार गरिरहेका छन् । म स्वतन्त्र रुपमा उठेको उम्मेदवार हुँ म मा बालेन जस्तै काम गर्ने इच्छाशक्ति छ त्यसैले मलाई मतदान गरि विजय बनाउनुस भन्दै उनले मत मागेका छन् । उनले माइकिङ गर्दै मत माग्दै गरिरहेको दृश्य बजारमा देख्न सकिन्छ ।

उनले उद्योग वाणिज्य संघको नियम विपरीत उम्मेदवार दर्ता गरेको भन्दै खारेजीको माग गरेर उच्च अदालत नेपालगन्जमा मुद्दा दर्ता गरेका थिए जसको हिजो सुनुवाइ भएर हाललाई अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *