गणेश मा-वि- प्युठानमा विद्यार्थीहरुलाई म्युजिकल पिटी तथा मार्चपास सुरु

लुम्बिनी प्रदेश बिशेष शिक्षा

प्युठान : श्री गणेश माध्यमिक विद्यालय माण्डवीगाउँपालिका १ तिराम प्यूठानमा म्युजिकल पिटी तथा मार्चपास सुरु भयको छ ।

पछिल्लो समयमा शैक्षिक प्रशासनिक रुपमा अगाडि बढ्दै गरेको यस बिद्यालयमा बाहिरबाट प्रशिक्षक बोलाइ यहि असार ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गरियको थियो ।

हाल यस्तो कार्यक्रमले समयमा उपस्थित नहुने बिद्यार्थीहरुलाई आकर्षित गरेको विद्यालयका प्रधानाध्यापक बलराम पुन मगरले बताए ।छ केही नयाँपन गरेमा अबस्य प्रभावकारी हुन्छ भन्ने मान्यताका साथ सुरु गरियको उक्त बिद्यालयका शिक्षक दीपेन्द्र राज अधिकारीले बताए ।

स्मरण रहोस् उक्त बिद्यालयका प्रधानाध्यापक बलराम पुन मगर भर्खरै सामाजिक विकास डिभिजन कार्यालय प्यूठानबाट उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *