नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । सोही क्रममा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानलबाट सदस्य पदमा उम्मेदवार दिएका टिकामणि उपाध्याय एक सफल व्यवसायी रहेका छन् ।
चितवन जिल्लाको माडीमा बुवा टिकाराम उपाध्याय र आमा पार्बती उपाध्यायको कोखमा जन्म लिएका टिकामणि उपाध्याय सानो उमेर देखि नै व्यापार व्यवसायीमा निपुण मानिन्छन् ।
समाजसेवी टिकामणी उपाध्याय २७ वर्ष देखि व्यापार व्यवसाय गर्दै आइरहेका छन् । उनी सुलोचना रेडिमेड घर, बागेश्वरी सप्लायर्सका प्रोप्राइटर रहेका छन् भने रिटर्नि माइग्रेन्ट नेपाल बाकेका उपाध्यक्ष पनि हुन् ।
लायन्स क्लब अफ अन्नपूर्णका सचिव उपाध्याय सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि. लालिगुराँस शाखाका
अध्यक्ष समेत रहेका छन् । त्यसैगरी होलसेल रेडिमेड तथा व्याग व्यवसायी समिति बाँकेका सदस्य समेत रहेका उपाध्यायले थुप्रै सामाजिक कार्यमा सहभागी जनाउँदै आइरहेका छन् ।
बाँकेका रहेका उद्योगी व्यापारीहरुको हरेक समस्याहरुलाई हल गर्न सक्षम भएको समावेशी प्यानलको पुरै टीमलाई मतदान गरि विजय बनाउनका लागि उनले आग्रह गरेका छन् ।


