केपी घिमिरे – नेपालगन्ज : प्युठान जिल्लाको ऐरावतीमा बुबा वीर चन्द्र केसी र आमा रिमादेवी केसीको जेष्ठ सन्तानको रुपमा वि.स. २०४१ सालमा जन्म लिएका सुदन के.सी. वि.स. २०५६ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न भनेर नेपालगन्ज शहरमा आएका थिए ।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह सम्मको अध्ययन गरेका केसीले व्यवसायिक क्षेत्रमा भने वि.स. २०६१ साल देखि निरन्तर लागिरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष स्व. दामोदर आचार्यलाई व्यवसायीक गुरु, अभिभावक मान्दै आएका केसीले उहाँकै आचार्य इम्पोरियममा लामो समयसम्म काम गरेका थिए ।

अहिले घरबारी टोलमा रहेको शुभानी सपिङ्ग सेन्टरका सञ्चालक रहेका केसी विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय रुपमा लागिरहेका छन् । हाल केसी लायन्स क्लब अफ सिनर्जीको महासचिव, रेडिमेट तथा ब्याग व्यवसाय समितिको सहसचिव रहेका केसी व्यवसायिक गर्ने उद्योगी, व्यवसायी, महिला व्यवसायीको हरेक समस्याहरुलाई समाधान गरेर उद्योग व्यवसाय फस्टाउनु पर्छ भन्ने भावना बोकेर युवा व्यवसायी सुदन केसी नेपालगन्ज उद्योग वाणिाज्य संघको भदौ २ गते हुन लागेको निर्वाचनमा समावेशी प्यानलको टंक बहादुर धामी नेतृत्वको टिममा सदस्य पदमा उम्मेदवार दिएको बताएका छन् ।
सदस्य पदका उम्मेदवार केसीले समावेशी प्यानलको टीममा काग गर्ने सशक्त टीम भएको हुदा उक्त टंक बहादुर धामीको नेतृत्वमा रहेको टीमलाई मतदान गरि विजयी बनाउनु हुन बाँकेका उद्योगी, व्यवसायी सबैलाई अनुरोध गरेका छन् ।
