बर्दियाको ठाकुरबाबामा युवा महिला व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

लुम्बिनी प्रदेश बिशेष

बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो ।
उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु रहेको जनाईएको छ ।
सोही पकारले व्यवसायको व्यवसायिक योजनाको पुनराओलकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु तालिमको उदेश्य रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भयो ।
उहाँले सो तालिमको सहजकर्ता राज बहादुर चौधरी रहनु भएको पनि बताउनुभयो । सोही प्रकारको तालिम केही दिन पहिले बर्दियाको गुलरियामा पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *