नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । सोही क्रममा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानल आज घरवारीटोल देखि त्रिवेणी मोडसम्म प्रचारप्रसार गरेको छ ।

निर्वतमान अध्यक्ष नन्दलाल वैश्य, पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सहितको टीम समावेशी प्यानलको टीमलाई जिताउन मतदाताको घरदैलोमा पुगेको हो । मतदाताहरुले राम्रो रेसपोन्स गरेको र समावेशी प्यानलको टीमलाई मतदान गर्ने बताएको निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले नागरिकपथलाई बताए ।


बाँकेका उद्योगी व्यवसायीहरुको पिर मर्का बुझ्ने र उनीहरुसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष पदका उम्मेदवार टंक बहादुर धामीले सिंगो टीमलाई नैजिताउनका लागि आग्रह गरेका छन् ।
