सामाजिक कार्यमा अगाडि रहेको जि.भि.एन. कलेजका विद्यार्थी पुगे खाद्यान्न लगेर आश्रममा

अर्थ / बाणिज्य शिक्षा स्थानीय तह

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई आत्मसात गर्दै नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेका छन् ।

उक्त  आश्रममा रहेका  लक्ष्मी नारायण  मुमा बुबालाई केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरेको विद्यार्थीहरुले बताए । उक्त विद्यालयका संयोजक खुमलाल शर्मा र सामाजिक विषय अध्यापन गराउने शिक्षक प्रतिभा आचार्य विद्यार्थीहरुलाई लगेर त्यहाँ पुगेका थिए ।

उक्त  मानव सेवा आश्रममा उपस्थित भइ शारीरिक अपांगता,  असहाय, अशक्त र  बृद्धअबश्थाका लक्ष्मी नारायण  बुबा आमालाई खाना समेत विद्यार्थीहरुले आफ्नै हातले खुवाएका थिए ।

उक्त संस्थाका बाँके संयोजक उर्बिन सापकोटाले कलिला विद्यार्थीहरुले मानवता सम्बन्धि कार्यहरु गरेकोमा खुसी व्यक्त गर्दै सदैव असहाय, अशक्तहरुको सेवामा लाग्न अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *