सल्यानी समाज बाँकेको अध्यक्षमा दशरथ चन्द

स्थानीय तह


नेपालगन्ज : सल्यानबाट विभिन्न सिलसिलामा बाँके जिल्लामा आइ बसोबास गरेकाहरुबाट गठन गरिएका सल्यानी सेवा समाज बाँके र सल्यानी समाज बाँकेको संयुक्त साधारण सभा तथा एकताको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ जसको अध्यक्षमा दशरथ चन्द  चयन भएका छन् ।

त्यसैगरी समाजको महिला उपाध्यक्षमा शुशिला हमाल, उपाध्यक्षमा केशर ओली, महासचिवमा शालिकराम परियार, सचिवमा एकलाल थापा क्षेत्री, सचिवमा ई. विवेक लामिछाने र कोषाध्यक्षमा यसोदा शाह सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा जिवराज भण्डारी, कासीराम देवकोटा, रुमिता श्रेष्ठ देवकोटा, ईश्वरी रावत, अस्मिता शाह महतरा, निराजन शाह, कृष्ण भण्डारी, बल बहादुर केसी, चन्द्र प्रकाश शर्मा, निम बहादुर बोहरा, भिम बहादुर चन्द, चन्द्र बहादुर खत्री, कमल चन्द र बुद्धिराज शर्मा चयन भएका छन् ।

नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा भएको साधारणसभा सल्यानी एकता समिति बाँकेका संयोजक जय बहादुर केसीको सभापतित्वमा सल्यानी समाज बाँकेका ८५ वर्षिया जेष्ठ नागरिक बिनी प्रसाद शर्माको प्रमुख अतिथि, विशिष्ठ अतिथिहरुमा कर्णाली प्रदेशका पूर्व मन्त्री तथा सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वाला, नेपाली काँग्रेसका सह-महामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौर र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल लगायत अन्य बाँके जिल्लाका ३ सय बढिको सहभागितामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *