नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अगामी चैत ६ गते विश्वासको मत लिने भएका छन्। कांग्रेससहितको नयाँ गठबन्धन बनेपछि नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेका छन् ।
यसभन्दा अघि आफूलाई विश्वासको मत दिएका ठुला पार्टीले सरकार छाडेको अवस्थामा उनले पुनः विश्वासको मत लिन लागेकाे दाहालकाे सचिवाललयले जनाएकाे छ। यसको लागि उनले शीर्ष तहका नेताहरुसँग छलफल गरेर मिति तय गरेका हुन्। प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद् विस्तार गरिने उनको सचिवालयले जनाएको छ।

