नेपालगन्ज : नेपाल सरकार अन्तर्गतको संघीय अस्पताल, “सुशील काेईराला प्रखर क्यान्सर अस्पताल” लाई स्थापना गर्ने पश्चिम क्षेत्रकै गौरवशाली संस्था “प्रखर पराेपकार मिसन नेपाल” काे एघारौं साधारणसभा सम्पन्न भएको छ ।
उक्त साधारणसभाबाट १४ सदस्यीय कमिटी गठन गरिएको छ जसको अध्यक्ष पदमा महेन्द्र मल्ल, बरिस्ठ उपाध्यक्ष पदमा सुदीप पौडेल, उपाध्यक्ष पदमा सेरबहादुर बुढाक्षेत्री, महासचिव पदमा ई. बिबेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्ष पदमा तारामणि अधिकारी, सहकोषाध्यक्ष पदमा जिवनाथ सापकोटा, सदस्यहरुमा क्रमश होमराज पौडेल, विकास सापकोटा, बालकृष्ण लामिछाने, पुर्णलाल चुके, दिपक ढकाल, अब्दुल करिम शेष, रामचरण बि.सी. निर्वाचित भएका छन् ।

पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपाल रहेको छ ।
प्रखर परोपकार मिसनकै अभियानमा खजुरामा महायज्ञ गर्दै सन्त दीनदयाल महाराजको संकल्पमा क्यान्सर अस्पताल निर्माण भएको थियो । २०७२ सालमा संघीय सरकारले संचालन गर्ने गरि अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । यसरी गठन आदेशबाट हस्तान्तरण गरिएको अस्पताल विकास समितिमा मिशन नेपालबाट ३ जना पदेन सदस्य रहने ब्यवस्था रहेको नवनिर्वाचित महासचिव ई. बिबेक लामिछानेले नागरिक पथलाई बताए ।

