नेपालगन्ज : अखिल क्रान्तिकारी केन्द्रीय कमिटीको यो वर्ष १ लाख विरुवा लगाउने अभियान अन्तर्गत अखिल क्रान्तिकारी बाँकेमा पनि वृक्षरोपण सुरु गरिएको छ ।
आज बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा केन्द्रीय कमिटीको सर्कुलर अनुसार वृक्षरोपण गरिएको बाँके जिल्ला अध्यक्ष महेश बस्नेतले बताए । बाँकेका विभिन्न क्याम्पस तथा विद्यालयमा वृक्षरोपण गरिने उनले बताए ।

उक्त कार्यक्रममा संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख सचिव राजेन्द्र बिष्ट, प्रदेश सह-इन्चार्ज विनोद बराल, अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष महेश बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क. लगायत जिल्ला पदाधिकारी , क्याम्पस समिति र विद्यार्थीहरुको उपस्थिति रहेको बाँके सचिव सुनिल बटालाले बताए ।
