नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा. वि. नेपालगन्जमा कम्प्युटर साइन्स विषय लिएर अध्ययन गरिरहेका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले वेटर रोबर्ट बनाएका छन् ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पढाइका अलावा अन्य अतिरिक्त क्रियाकलाप पनि गर्ने गरेका र कम्प्युटर साइन्स विषय लिएर पढिरहेका विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्ने रोबर्ट बनाएर आज विद्यालयमा प्रदर्शन गरेको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताए ।

विद्यालयमा कम्प्युटर साइन्स विषय अध्यापन गराउने शिक्षक केशब डुम्रेका अनुसार विद्यार्थीहरुले आफनै मेहनत र परिश्रम गरेर उक्त रोबर्ट बनाएका र केही समस्या परेको खण्डमा आफुले गाइड गरेको बताए । उहाँका अनुसार यसभन्दा पहिला पनि विद्यार्थीहरुले रोबर्ट बनाएर प्रदर्शन गरेका थिए ।
निकट भविष्यमा कार, वेटर रोबर्ट, लगायतका निर्माण गर्ने विद्यार्थीहरुको रुचि भएको र विद्यालय परिवार उनीहरुको चाहाना पूरा गर्न हरदम तयार रहेको कलेजका संयोजक खुमलाल शर्माले नागरिक पथलाई बताए ।
