नेपालगन्ज : सार्वजनिक विदाका दिनहरूमा सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै अनेरास्ववियु बाँकेले नियन्त्रणमा लिएको छ।
सार्वजनिक विदाका दिनमा पनि दुरुपयोग गरी सरकारी सवारी साधन चलाएकाे पाइएमा नियन्त्रणमा लिइ प्रशासनमा बुझाउनेे अनेरास्ववियू बाँकेका अध्यक्ष प्रकाश बि.क. ले बताए।

आज शनिवार विदाकाे दिन पनि सरकारी गाडी पारिवारिक काममा प्रयाेग हुन थालेपछि बाँकेमा ५० बढी सार्वजनिक गाडी नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको अध्यक्ष बि.क.ले बताए ।
अनेरास्ववियुले सार्वजनिक विदाकाे दिन चलाएका सवारी साधन नियन्त्रणमा लिने भन्दै विहान ९ बजे नेपालगन्जकाे धम्वाेजि चाेकमा उपस्थिति भएर नियन्त्रणमा लिइएको अनेरास्ववियुका जिल्ला इन्चार्ज सुमन घिमिरेले बताए ।
प्रचलित कानुन अनुसार सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चाल गर्न पाइदैन।
