नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो संगठन विस्तारलाई तिव्र गतिमा अगाडि बढाइरहेको छ ।
शनिवार नेपालगञ्ज उपमहानगर पालिका वडा नम्वर १३ मा श्री विकास भट्टराईको संयोजकत्वमा वडा समिति गठन गरिएको पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले बताउनुभयो ।

बाँके जिल्लामा प्रत्येक वडा वडामा संगठन विस्तारमा तिव्रता दिएको उहाले बताउनुभयो । पार्टीको केन्द्रीय निर्देशन अनुसार संगठन विस्तार अघि बढेको उहाँको भनाइ रहेको छ ।
