नेपालगन्ज : गुल्मी जिल्ला घर भइ बाँकेमा विभिन्न प्रयोजनमा आइ बसेका व्यक्तिहरुले गठन गरेको गुल्मेली सेवा समाज बाँकेले आज बाँकेको राप्ती नदिमा रहेको सिद्दनिया घाटमा वृहत् सरसफाइ गरेको छ ।
गुल्मेली समाज सेवा बाँकेको आयोजनामा शनिबारका दिन उक्त घाट क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो । समाजको अध्यक्ष हरिलाल न्यौपानेको अग्रसरतामा दाहसंस्कारको क्रममा फालिएका बिस्कुटका खोल, गुट्का, पानीका बोतल, कपालहरु संकलन गरि फोहोरलाई जलाएर ब्यवस्थापन गरियको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

उक्त घाटमा दाहसंस्कारमा आउदा यत्र तत्र फोहोर नफालीदिन समेत अध्यक्षले अनुरोध गर्नु भएको छ । सरसफाइ अभियान निरन्तर गरिने उहाँले बताउनुभयो । उक्त सरसफाइमा उपस्थित हुनु हुने सबैलाई हार्दिक धन्यवाद दिदै स्थानीय सरकारलाई उक्त क्षेत्रमा स्नान गर्न र पानीको व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको छ ।


