नेपालगन्जमा माछा मासु पसलमा अनुगमन, ५ वटा पसललाई कारबाही

नेपालगंज बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टिमले राँझा र मासुमण्डी बाँके बगिया क्षेत्रका १४ वटा  माछा/मासु बिक्री स्टलको आकस्मिक अनुगमन गरेको छ ।

उक्त टोलीले अनुगमन गर्दा ५ वटामा कैफियत पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।
अनुगमन गर्ने क्रममा न्यु मनिशोभा फ्रेस हाउस राँझामा बिल/बिजक बिना कारोवार गरेको पाइएको हुँदा कारबाही स्वरुप रु २०,हजार  जरिवाना गरिनुका साथै  ५० केजी कुखुराको मासु खान अयोग्य पाईएकोले जफत गरि नस्ट गरिएको छ ।

त्यस्तै दानिस फ्रेस हाउस, राँझाको बिल/बिजक नभएकोले रु २० हजार  जरिवाना भएको  ८ केजी खसीको मासु खान अयोग्य पाईएकोले जफत गरि नस्ट गरिएको छ ।
 त्यसगरी न्यू भेरी मिट एण्ड दाना सप्लायर्स राँझाको बिल बिजकको प्रयोग नभएकोले रु २० हजार जरिवाना गर्नुका साथै खान अयोग्य ७ केजी कुखुराको मासु  जफत गरी नस्ट गरिएको छ ।

उक्त टोलीले मो. मुर्तजा मासु पसल, बाँके बगिया मासुमण्डीको बिल/बिजक बिना कारोवार गरेकोले रु १० हजार जरिवाना गर्नुका साथै खान अयोग्य खसिको  ९ केजी मासु  नस्ट गरिएको छ । त्यस्तै सलिम अहमद खसी मासु फ्रेस हाउस, बाँके बगिया मासु मण्डीको बिल/बिजक बिना कारोवार गरेकोले रु १० हजार जरिवाना गर्नुका साथै खान अयोग्य खसिको ९ केजी मासु नस्ट गरिएको छ ।
           
नेपालगंज-१३ बाँके बगियामा रहेका मासु मण्डीका १३ वटा मासु पसलका सञ्चालकहरुलाई  संयुक्त रुपमा भेला गराई बिशेषज्ञ तथा पशु चिकित्सकबाट मासु सम्बन्धि प्रशिक्षण गराई आवश्यक निर्देशन समेत दिइएको गुरुङले बताए ।
             

Leave a Reply

Your email address will not be published. Required fields are marked *