सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष


गणेश पौडेल नेपालगन्ज: योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम नेपालगन्जमा सुरु भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको हो । बबरमहलस्थित सामाजिक सुरक्षा कोषबाट उप कार्यकारी निर्देशक बिबेक पन्थी , निर्देशक उत्तमराज नेपाल र उप निर्देशक दिनेश कोइराला उक्त तालिम दिनको लागि नेपालगन्ज स्थित कार्यालयमा आउनु भएको हो ।
२५ जना रोजगारदात र ट्रेड युनियन कर्मीहरुलाई उक्त तालिममा सहभागी गराइएको छ, श्रम रोजगार तथा सामाजिक सुरक्षा कोषको सभा हलमा भएको तालिम भोलि सम्पन्न हुनेछ । तालिममा उक्त कोषका फाइदाहरु र अनिवार्य सबैलाई सुचिकृत गराउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिइएको थियो । अन्तर्राष्ट्रिय श्रम संगठन अनुसार नेपालमा पनि उक्त कोष स्थापना भएको हुदै सबैलाई स्वास्थ्य, पेन्सन, उपलब्ध गराउन कोष सक्षम रहेको उप कार्यकारी निर्देशक पन्थीले बताउनुभयो । नेपालको संविधानको धारा ३४ ले श्रम सम्बन्धि हकको व्यवस्था अन्तर्गत सामाजिक सुरक्षा कोषलाई मौलिक हकका रुपमा नै उल्लेख गरिएको पन्थीले बताउनुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्जका प्रमुख रुद्र नारायण शाहले योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना भएपछि श्रम कार्यालयलाई धेरै नै सहयोग पुगेको बताउनुभयो उहाँले उक्त कोषमा सुचिकृत भएका उद्योग कलकारखानाबाट लेनदेन सम्बन्धि कुनै पनि मुद्दा श्रम कार्यालय नआएको बताउनुभयो । श्रम कार्यालयले नियमित रुपमा अनुगमन गर्ने पनि उहाँको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *