गुुल्मी: गुल्मीको मदाने गाउँपालिका मा रहेको कङ्के देउराली पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।
कुनै बेलामा उक्त ठाउँमा एक्लाएक्लै मान्छे हिड्न डराउने गर्थे, ठूलो घनाघोर जङ्गल थियोे तर कङ्के देउराली मन्दिर भएको कारण दुई वा सो भन्दा बढी मान्छेहरु आउने गर्थे आजभोलि त्यहाँ ठूलो भिउ टावर, मन्दिर पुनः निर्माण, बनभोजका लागि पार्क, बाटो , पानीको व्यवस्था गरिसकेपछि पर्यटकहरू धमाधम आउन लागेको मदाने गाउँपालिका का अध्यक्ष महेन्द्र बहादुर कुवरले बताउनुभयो ।
उक्त मन्दिरलाई पनि शक्तिशाली पीठको रुपमा लिने गरिन्छ त्यहाँ गएर मागेको चिज पूरा हुने किंवदन्ती रहेको स्थानीय तथा गायकार सुनिल थापाले बताउनुभयो । उहाँका अनुसार स्थानीय समूह, पालिका, राजनीतिक दलहरु, क्लबहरु उक्त क्षेत्रको विकास, प्रवद्धन र प्रचारप्रसारमा लागि परेको बताउनुभयो ।
उक्त क्षेत्रमा नजिकका जिल्लाहरु प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, बागलुङ लगायतका ठाउँबाट मान्छेहरु घुम्न आउने गरेको बताउनुभयो ।
