मानव बेचबिखन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न


नेपालगन्ज : समुदाय -साझेदारी  प्रहरी सेवा र लागु औषध विरुद्ध निशुल्क परामर्श केन्द्रको आयोजनामा मानव बेचबिखन विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार जमुनाहा इलाका प्रहरी कार्यालय परिसरबाट र्याली सहित नेपाल भारत बोर्डर जमुनाहा नाकामा गएर समापन गरिएको थियो ।

समुदाय साझेदारी प्रहरी सेवाका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रम जमुनाहा इलाका प्रहरी कार्यालयका बरिस्ठ सही रबिन्द्र बहादुर बम, साथी संस्थाकी लक्ष्मी श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

ज्ञान नेपालका तिलक नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियोे भने पत्रकार केपी घिमिरेले शुभकामना तथा पछिल्लो समयमा मानव बेचबिखनले जालो लगाएको हुदा सबै संघसंस्था मिलेर रोक्नु पर्नेमा जोड दिनुभएको थियो ।

अध्यक्ष दिपेन्द्र कुमार जोशीले मानव बेचबिखन विरुद्ध लागेका संघसंस्थाहरुले काम गरिरहेको जनाउँदै मानव बेचबिखन विरुद्धको काम गर्दा कहाँ अप्ठ्यारो भएको छ आफ्नो संस्थाले सहजीकरण गर्न तयार रहेको बताउनुभयो । छिट्टै सबै संघसंस्थालाई बोलाएर उनीहरुले वर्षभरिमा कतिजनालाई उद्दार गरेका छन् सो बारेमा वृहत् समीक्षा गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्ण देव गिरी, शान्ति पुनःस्थापन केन्द्रका अध्यक्ष निर्मल सुवेदी, द डार्क फाइल बाँकेका अध्यक्ष टंक रेग्मी लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *