नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा. रोमन किदुवाई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ ।
डा. किदुवाई गत वर्ष संविधान दिवसको अवसरमा सम्मानित गर्ने घोषणा गरिएको थियोे । समाजमा लोकप्रिय रहेका गरिब दिन दु:खीहरुको सेवामा रातदिन लागेका किदुवाई सर्जन हुनुहुन्छ ।

डा किदुवाईले आफुले पाएको सम्मान यस क्षेत्रका जनताको भएको बताउनु भयो । सम्मानले आफुलाई सामाजिक क्षेत्रमा कामगर्ने हौसला मिलेको बताउनुभयो ।
