बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको उक्त बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको थियो ।
सात जना संचालक समिति रहेको उक्त सहकारीको कार्यालय नेपालगञ्ज–२, न्यूरोड भानुभक्त चोकमा रहेको छ । आ.व. २०७९/०८० मा दर्ता रहेको उक्त सहकारी संचालक समितिको अध्यक्षमा रवि सिंह महतरा, उपाध्यक्ष श्रीमती किरण अधिकारी, सचिवमा प्रयास सिंह हमाल, कोषाध्यक्षमा श्रीमती सञ्जु योगी, सदस्यहरुमा विनय बज्राचार्य, उर्मिला चौधरी र संगिता गिरी हुनुहुन्छ ।
उद्घाटन समारोहमा बोल्दै जिल्ला सहकारी संघ लि. बाँकेका प्रबन्धक नवराज उपाध्यायले बाँकेका सहकारीमा एक सहकारी संख्या थप भएको भन्दै हुनेखाने र हुदाखादाहरु विचको अन्तरलाई चिर्न सहकारी अभियान संचालन गरिएको बताउनुभयो । त्यस्तै बचत संघका उपाध्यक्ष प्रकाश ज्ञवालीले देशमा सहकारीको खराव समाचार आईरहेको यो समयमा स्थापना भएको प्रारम्भ बहुउद्देश्य सहकारी सफल र उद्धाहरणीय बन्नेमा धारण राख्नु भएको थियो ।
कार्यक्रममा ओमसाई बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शम्भु अधिकारी, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक टिकाराम चौधरी, लाईफ ईन्स्योरेन्स कम्पनी लि.का प्रदेश प्रमुख जयदेव गौतम, ओमसाई बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी प्रमुख दिवेस सिंह हमाल, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रदिप चौधरीलगायतको सहभागिता रहेको थियो ।
