पुरन परियार बाँकेकाे खजुरा गाउँपालिका वडा नं -६ मा रहेकाे एक्टीभ यूवा क्लबले नव वर्ष २०८० सालकाे अवसर पारि प्रथम खजुरा गाउँपालिका खुल्ला फुटबल प्रतियोगिता संचालन तयारीको अन्तिम चरणमा पुगेकाे छ।
खेललाई राेचक ढंगले अगाडि बढाउनका लागि स्थानीय युवाहरुकाे निकै सक्रियता देखिएकाे छ ।
नेपाली नयाँ वर्षको अवसरमा खेलकुदलाई प्रथामिकता दिने हेतुले वडा नं ६ काे अार्थिक सहयोगमा खेल क्षेत्रमा रुचिराख्ने यूवाहरुलाई लक्षित गर्दै उक्त प्रतियोगिता संचालन गर्नको लागि बजेट छुट्टयाइएको वडा अध्यक्ष फारुक शेखले जानकारी दिएका छन ।
चैत २३ गते बाट संचालन हुन गईरहेकाे उक्त खेलमा बाँके ,बर्दिया र बैजानथ गाउँपालिका लगायत विभिन्न क्षेत्रबाट खेलाडिहरुकाे सहभागीता रहने क्लबका अध्यक्ष खेमसरण खत्रीले जानकारी दिएका छन ।
खेलप्रति रुचि राख्ने खेलप्रेमि युवालाई दैनिक रुपमा प्रशिक्षण दिदै अाउनुभएका क्लबका प्रशिक्षक अनाेक परियारले दैनिक रुपमा खेलाडीहरुलाई अभ्यास गराउदै अाएकाे बताएका छन।
खेलमा प्रथम बिजेता हुने टिमकालागि नगद रु ३१ हजार पुरस्कार सहित सम्मान पत्र प्रदान गर्ने भएकाे छ भने दाेस्राे हुने खेलाडि टिमलाई नगद रु १५ हजार पुरस्कारले सम्मानित गर्ने अायाेजकले जानकारी दिएकाे छ ।

