नेपालगन्ज : सामाजिक क्षेत्रमा आफ्नो उल्लेखनीय कार्य गर्दै आइरहेको त्रिनेत्र समृद्ध नेपाल संस्थाको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा महिलाहरुको लागि स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।
स्थानीय सि.एस.टी. होटलमा आज दिउँसो १ बजेबाट सरु भएको जनचेतनामूलक कार्यक्रममा ६० जना महिलाहरुको सहभागी रहेको संस्थाकी सदस्य तथा कार्यक्रम सञ्चालिका तारा वलीले बताइन् ।

उक्त जनचेतनामूलक कार्यक्रममा प्रशिक्षकका रुपमा सुमन गिरी श्रेष्ठ, र आरती थारुले रहेको संस्थाको अध्यक्ष सुशीला पौडेलले बताइन् ।
उक्त कार्यक्रमको उद्घाटन सत्रमा वडा नं १२ कि वडा सदस्य सुशीला पन्तले संस्थाले गरेको कामको प्रशंसा गर्दै कार्यक्रममा लाज नमानी महिलाहरूलाई हुने समस्याहरु बताउने र एकआपसमा शेयर गर्नुपर्नेमा जोड दिइन् । त्यसैगरी १२ नं वडाका वडा अध्यक्ष तरुण बज्राचार्यले आगामी दिनहरुमा पनि समृद्ध नेपाल संस्थासंग सहकार्य गरेर काम गर्न वडा कार्यालय तयार रहेको बताउदै वडाका महिला दिदीबहिनीहरुलाई निशंकोस रुपमा सिक्न र छलफलमा छुट्न आग्रह गरेका थिए । उक्त कार्यक्रममा वडाका अरु जनप्रतिनिधि, पत्रकारहरु, लगायतको उपस्थिति रहेको छ ।


