नेपालगन्ज : नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन प्रतिष्ठान स्तर कमिटी नेपालगन्ज मेडिकल कलेजको तेस्रो अधिबेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिबेशनबाट अनिता थापा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको लेक्चर हलमा भएको अधिबेशनबाट अध्यक्ष पदमा अनिता थापा, उपाध्यक्ष पदमा डम्बरबहादुर डाँगी, सचिव पदमा बिन्दु शर्मा, सहसचिव पदमा सौरभ पाण्डे, कोषाध्यक्ष पदमा चित्रा देवी खड्का, सदस्य पदमा झरना बुढाथोकी, बिना शर्मा, सरस्वती पन्थी, सुष्मा राना, लगायतका ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अध्यक्ष मुनीर खानको अध्यक्षतामा भएको अधिबेशनको प्रमुख अतिथिमा जिफन्ट लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण के.सी., विशिष्ट अतिथिमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका अस्पताल निर्देशक डा. एम. किदुवाई, नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किश्मत कुमार कक्षपती, नेकपा एमाले सचिवालय सदस्य कृष्ण थापा, वरिष्ठ युनियनकर्मी केशब गिरी, नेकपा एमाले जिल्ला सदस्य कुश्माखर बश्याल, जिफन्ट बाँके जिल्ला अध्यक्ष कृष्ण बहादुर बुढा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अधिबेशनमा बोल्ने अधिकांश वक्ताहरुले प्राइभेट संस्था भित्र सामुहिक हकअधिकारका लागि एकजुट भएर लड्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा संगठनमा योगदान पुर्याएका व्यक्तिहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियोे ।


