नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचन भएपछि कामकाज सुरु भएका छन् । क्याम्पस परिसरमा भएको झाडी सरसफाइ गर्न क्याम्पस प्रशासनले हिजो सूचना प्रकाशित गरेको थियो । आज सशस्त्र प्रहरीका डि.एस.पि. राजन शाहको नेतृत्वमा आएको प्रहरी टोली, क्याम्पस प्रमुख लालमणि आचार्य सहितको प्राध्यापकहरुको टीम र स्ववियु सभापति माधब खत्री लगायतको टीमले वृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।

स्ववियु चुनाव सकिएको दोस्रो दिन क्याम्पसमा संयुक्त प्यनलले सरसफाइ गरेको थियोे त्यसलाई निरन्तरता दिन आज पुनः स्ववियु कार्यालय वरिपरि, क्याम्पस परिसर भित्र वृहत् सरसफाइ गरिएको स्ववियु सचिव हरेन्द्र बि.क.ले बताए । ” उनलेे नागरिक पथसंग कुराकानी गर्दै हामीले महेन्द्र बहुमुखी क्याम्पसलाई नमुना क्याम्पसमा चिनाउन चाहान्छौं यसका लागि सबैको साथ र सहयोग चाहिन्छ उनले भने” ।


क्याम्पसमा लामो समयसम्म स्ववियु चुनाव नहुदा पठनपाठन, विकासका कामहरु, शैक्षिक क्रियाकलाप त्यति धेरै भएका थिएनन् अब हामी कछुवको गतिमा होइन कि खरायोको गतिमा काम गर्नेछौं स्ववियु सभापति माधब खत्रीले बताए । उनलेे भने स्ववियुले समानुपातिक समेत टुंगोमा पुर्याएर पुर्णता पाएको छ अब बोलेर भन्दापनि गरेर देखाउने बताए ।
क्याम्पस प्रमुख आचार्यले क्याम्पसमा गरिने हरेक क्रियाकलापहरु स्ववियुशीत सहकार्य गरेर गरिने बताए । स्ववियु र क्याम्पस एउटै परिवार भएको हुदा एकले अर्कोलाई सरसल्लाह नगर्ने कुरै भएन उनले नागरिक पथलाई बताए ।
उक्त सरसफाइ कार्यक्रममा क्याम्पस स्ववियुका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, पूर्व संगठनका नेताहरु, क्याम्पस कमिटीका नेताहरु, अध्ययनरत विद्यार्थीहरु, क्याम्पसका प्राध्यापकहरु र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।
