नेपालगन्ज : बास नेपाल कि केन्द्रीय सचिव कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह भोलि विमोचन हुने भएको छ ।
समाजसेवी, एक सफल व्यवसायी समेत रहेकी दिला शाहको उक्ति कथा सङ्ग्रह बास नेपालको आयोजनामा विमोचन हुने बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।
नेपालगन्जमा रहेको होटल सिद्धार्थ कटेजमा बिहान ८ बजे विमोचन हुन लागेको कार्यक्रममा सम्पूर्ण साहित्यकार, शुभेच्छुक, पत्रकार, बुद्धिजीवी सबैलाई उपस्थित भइदिनका लागि बास नेपालले अनुरोध गरेको छ ।

उक्त कथा सङ्ग्रह कथाकार शाहको पहिलो कृति भएको बास नेपालले जनाएको छ ।
