कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका विमोचन



नेपालगन्ज : समाजसेवी, एक सफल व्यवसायी कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह विमोचन भएको छ ।
बास नेपालकि केन्द्रीय अध्यक्ष लुना बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रममा , बरिस्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता महेश बिक्रम शाहको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त कार्यक्रम बास नेपालका उपाध्यक्ष शिवकुमार वर्माले स्वागत मन्तव्य राखेका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, समाजसेवी, पत्रकार, शुभेच्छुकहरुको बाक्लो उपस्थित रहेको थियोे । उक्त कथा सङ्ग्रह शाहले आफ्नो स्वर्गीय मुमाप्रति समर्पित रहेको बताएकी छिन् ।
प्रमुख अतिथि शाहले कथा सङ्ग्रह लेख्नु ठूलो कुरा नभई पाठकले कत्तिको पुस्तक मन पराउछन् भन्ने कुरा महत्त्वपूर्ण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *