कोभिड १९ का बिरामीको सङ्ख्या बढ्न थाले, स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा शंकास्पद व्यक्तिहरुको कोभिड १९ जाँच गर्दा केही दिन देखि संक्रमण देखिन थालेको छ ।

सामान्यतः चैत महिनाका केही दिनमा फाट्टफुट्ट संक्रमित भेटिने गरेकोमा आज थप शंकास्पद १ सय ६१ जनाको कोभिड एन्टिजिन जाँच गर्दा ४ पुरुष र ३ महिला सहित ७ जनामा संक्रमण देखिएको कोभिड १९ का फोकल पर्सन तेज वलीले बताए ।

संक्रमण देखिएकाहरु दैलेखबाट भारतको दिल्ली भ्रमण गएका विद्यार्थीहरु तथा रोजगारीको लागी भारत गएका रहेको बुझिएको छ । यस महिनामा मात्र आज ७ जना सहित १७ जनामा संक्रमण देखिएको वलीले बताए ।

आज संक्रमण देखिएकाहरुमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण देखिएको छैन र सबैलाइ स्थानीय तह सङ्गको समन्वयमा होम आइसोलेसन बस्ने गरि आइसोलेट गरि घर पठाइएको छ ।

कोभिड १९ का केश देखिए सङ्गै सबैलाइ स्वास्थ्यको मापदण्ड नियमित पालना गर्न नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *