नेपाल चीन पारस्परिक सहयोग समाजको पहलमा नेपालगन्जका मेयर बिष्ट सहितको टोली चीन जादै

मुख्य खबर


नेपालगन्ज : नेपाल चीन पारस्परिक सहयोग समाजको पहलमा नेपालगन्ज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट सहितको टीम चीन भ्रमण जाने कार्यक्रम रहेको छ ।
शिक्षा , स्वास्थ्य र पर्यटनका विषयमा भ्रमण गरि दुई देशका विच सुमधुर सम्बन्ध कायम गर्न गत डिसेम्बर १३ मा जुम बैठकबाट भएको सम्झौता बमोजिम जान लागिएको नेपाल चीन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष ट‍ोप बहादुर थापाले बताए ।

थापाका अनुसार ९ सदस्यीय ट‍ोली चाइना एयर बाट अाइतबार स्वइ निङ शहर प्रस्थान गर्न लागेको उनले नागरिक पथलाई बताए । उक्त भ्रमण टोलीमा नेपाल चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडेल , नेपालगन्ज उपमहानगरपालिका का मेयर बिष्ट, स्वास्थ्य क्षेत्रबाट भेरी अस्पताल नेपालगन्जका डा. प्रकाश थापा, होटल तथा पर्यटन व्यवसायी क्षेत्रबाट टोप बहादुर थापा, उक्त समाजका सचिव श्यामसुन्दर अधिकारी, सदस्य ईश्वर श्रेष्ठ, सहकारी क्षेत्रबाट दीपक पौडेल, आइटी क्षेत्रबाट घनश्याम वर्मा, चाइनिज भाषा सहजकर्ता शिव कार्की जाने सचिव श्यामसुन्दर अधिकारीले बताए ।
उक्त भ्रममले दुई देश बिचको पारस्परिक सम्बन्ध कायम गर्ने, पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास उक्त भ्रमण ट‍ीमको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *