भोजपुर – भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा भएको छ। आइतबार एक औपचारिक कार्यक्रमका बीच घोषणा कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र पौवादुङमा गाउँपालिका भोजपुरको समन्वयमा यो प्रक्रिया करिब दुई वर्षअघि सुरुवात गरिएको थियो। यो सँगै पौवादुङमा गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा हुनेमा भोजपुर जिल्लाको पहिलो, कोशी प्रदेशको दोस्रो र नेपालको छैठौ पालिका भएको छ।

यस घोषणा कार्यक्रममा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, प्रमुख अथिति पुर्व राज्यमन्त्री मा. सिर्जना राई, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति अध्यक्ष, स्वास्थ्य कार्यालयका पधाधिकारी, सुरक्षा निकायका पधाधिकारी लागायत स्थानीय बुद्दिजिविको र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
