खजुरा: खजुरा गाउँपालिकाको आर्थिक सहयोग, इलुमिनेट नेपालको आयोजनामा र प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिका कमिटीको समन्वयमा आयोजनामा गरिएको आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका वडा नं ४ मा रहेको गोदाबरी कटेजमा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर बि.क. को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता इलुमिनेट नेपालका निर्देशक डा. डक्ट प्रसाद धितालले गर्नु भएको थियो ।
प्रमुख प्रशिक्षक पत्रकार शंकर खनाल, वरिष्ठ पत्रकार सिराज खान, पत्रकार कमल खत्री, पत्रकार गोविन्द आचार्य लगायले प्रशिक्षण गर्नु भएको थियोे ।
१६ जना प्रशिक्षार्थीहरुले लिएको तालिम आज सम्पन्न भएको छ, खजुरा गाउँपालिकामा पत्रकार उत्पादन गर्न पाएको मा खुसी व्यक्त गर्दै पालिका प्रखुम तुफानले सबैले पत्रकारिता पेशालाई मर्यादित र व्यवहार लागू गर्नुपर्नेमा जोड दिनु भएको थियोे ।
उक्त समापन कार्यक्रममा गाउँपालिका प्रमुख डम्बरबहादुर बि.क. तुफान, खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी , प्रेस सेन्टर नेपालका नीति तथा परामर्श केन्द्रका सदस्य सुशील लामिछाने, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिव गजेन्द्र गुरुङ, आलाम खान, प्रेस सेन्टर नेपाल बाँकेका सचिव के.पी. घिमिरे, खजुरा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष राम गोपाल यादव, नेकपा माओवादी केन्द्रका खजुरा गाउँ पालिका अध्यक्ष राजकुमार बि.क. लगायतको उपस्थिति रहेको हो ।
प्रशिक्षार्थी पत्रकार पुरन नेपालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टर नेपाल बाँके जिल्ला उपाध्यक्ष सीता वलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा शुभकामना मन्तव्य प्रेस सेन्टर नेपाल बाँकेका सचिव के.पी. घिमिरे, प्रेस सेन्टर लुम्बिनी प्रदेश सचिव आलाम खान, गजेन्द्र गुरुङ, केन्द्रीय नीति तथा परामर्श केन्द्रका सदस्य सुशील लामिछाने, खजुरा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, नेकपा माओवादी केन्द्र खजुरा गाउँ पालिका अध्यक्ष राजकुमार बि.क., खजुरा प्रज्ञाप्रतिष्ठानका सदस्य मणि अर्याल , खजुरा गाउँ पालिका अध्यक्ष डम्बरबहादुर बि.क. लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थी पत्रकारहरु दिपक कुवर, जुना रावल, निर्मला साउद , फुलजहाँ खानले कार्यक्रममा भोगेका र सिकेका कुराहरु शेयर गरेका थिए ।


