नेपालगन्ज : आसन्न स्थानीय चुनाव आउन चार दिन बाकी रहदा नेपालगन्ज शहरका चिया पसल देखि बाटोघाटोमा, सार्वजनिक स्थल मा सबै तिर उप मेयरमा कसले बाजि मार्ला भनेर मानिसहरुले आफ्नो आफ्नो अडकल बाजि गर्न थालेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट उप मेयरमा जसपा पार्टीबाट कमरुद्दिन राई उठेका छन् भने नेकपा एमालेको तर्फबाट शान्ति ढकाल, राप्रपा पार्टीबाट बिन्दु चर्तीमगर बिच कडा प्रतिस्पर्धा हुने अडकलबाजी सबैले गरेका छन् । गठबन्धनका राईलाई कांगेस, नेकपा माओवादी र जसपाको मत मिल्ने भन्दै राईको पल्ला भारी भएको केही जनताहरुको भनाइ रहेको छ भने केहीले उप मेयरमा महिलालाई दिनु पर्नेमा नदिएर गल्ती गरेको भन्दै मत क्रस हुनसक्ने बताएका छन् ।
उता केही जनताहरुको भनाइ भने गठबन्धनका धेरै मत बदर हुनसक्ने बताएका छन् मेयरमा कांग्रेसको रुख चिन्हमा हाल्नु पर्ने, उप मेयरमा छातामा अनि वडा वडामा आफ्नो आफ्नो पार्टीका चुनाब चिन्हमा हान्नु पर्दा धेरै जनताको मत बदर हुनसक्ने सम्भावना रहेको उनीहरुको भनाइ रहेको छ ।
नेकपा एमालेले उठाएको ढकाल यसभन्दा पनि पहिला उप मेयरमा उठेको हुदा उहालाई पनि मौका दिनु पर्ने केहीले बताएका छन् भने आदिवासी जनजातिको धेरै मत बिन्दु चर्ती मगरलाई जान सक्ने भन्दै यी तिनै जनामा कसले बाजि मार्ला भनेर यकिनका साथ भन्न नसकिने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
