नेपालगन्ज मेडिकल कलेजमा कर्मचारी संगठनले मनायो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन केन्द्रीय कमिटीको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

आज साँझ ४ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राङ्गणमा दीप प्रज्वलन गरेर मनाइएको हो । मेडिकल कलेजमा रहेका ८० प्रतिशत महिला कर्मचारीहरुलाई सार्वजनिक विदा नदिएपछि कर्मचारी व्यवस्थापन पक्षसँग असन्तुष्टि भएका छन् ।

उक्त कार्यक्रममा नर्सिङ प्रशाशक मेट्रोन ममता शर्मा, कर्मचारी संगठनका वरिष्ठ उपसभापति सुमन गिरी, कर्मचारी संगठन विभागीय कमिटी सचिव देवमाया घले, उपाध्यक्ष मन्जु कन्डेल, नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्य कोहिनुर फारुकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा सहभागी नर्सिङ कर्मचारीलाई अस्पतालका सहायक निर्देशक डा- रोमन किदुवाईले मिठाइँ उपलब्ध गराउनु भएको थियोे । अधिकांश वक्ताहरूले नर्सिङ कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा विदा दिनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *