सशक्त महिला सेल बाँकेको अध्यक्षमा श्रेष्ठ

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : महिलाहरुको हकहितका लागि सक्रिय रहेको सशक्त महिला सेल बाँकेको अध्यक्षमा नन्दकला श्रेष्ठ चयन हुनु भएको छ ।
लुम्बिनी प्रदेश सभाषद माननीय अम्बिका काफ्ले प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राई लगायतको उपस्थिति रहेको थियोे ।
सशक्त महिला सेलक‍ो कार्यसमितिमा अध्यक्ष पदमा नन्दकला श्रेष्ठ, उपाध्यक्ष पदमा बिना थापा मगर, सचिव पदमा गिता मल्ल, सहसचिवमा जमुना केसी, कोषाध्यक्षमा मन्जु रिजाल, सदस्यहरुमा क्रमश लिला सिंह मल्ल, सरस्वती रस्तोगी थापा, देवीमा मानन्धर , पुजा श्रेष्ठ, सृजना मल्ल चन्द रहेका छन् । त्यसैगरी सल्लाहकार सदस्यमा तेज विक्रम शाह र रामचन्द्र घिमिरे रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *