नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर ,मानवता नेपाल बाँके, इको नेचर ग्रुप नामका संघसंस्थाहरुले संयुक्तरूपमा उक्त निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना गरेका थिए ।

बिहान ७:३० बजेदेखि १०:०० बजेसम्म भएको कार्यक्रममा १०० जनाले सेवा लिएको इको नेचरका संयोजक करन शाहले जानकारी दिए । उक्त निशुल्क चेकजाँच कार्यक्रम आखा जाँच, सुगर जाँच, पल्स रेट, ज्वरो, ब्लड प्रेसर लगायतको जाँच गरिएको थियोे ।


